कविता

खै एक खर्ब? महाकालीमा खोज्‍नू ,समृद्धि डुब्यो

अर्कै जीव पो,
कागले कान लान्छ?
उल्टो उखान !

आफू जब्बर
फुटाउँने पो ‘सिसी’
यो एम सिसी !

यो ‘सिसी’ पनि
को कोसँग जोडिन्छ,
कुलत जस्तो !

करेन्ट लाग्यो
विजुली नआउँदै
वा ! एम सि सी ।

कोशेली किन ?
कोखामा दाह्रा देख्छु
घर भाँडिन्छ।

एउटा मान्छे,
सर्वज्ञानी हुँदैन-
एक विस्मृति!

खै एक खर्व ?
महाकालीमा खोज्नू ,
समृद्धि डुब्यो।

कुर्सी तानेर
जग हसाऊ ठालु,
जय ! ‘नेपाल’

धमिलो धन्दा-
खोज्नु छ राजहंस
झिक्नु छ सत्य !

उल्टो छ चक्र !
प्रवृत्ति फेरिएन
ऋतु फेरिए।

असार १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्