क्वारेन्टिनमा युवकलाई सर्पले टोक्यो, उपचारका लागि नेपालगञ्ज लगियो

सांकेतिक तस्बिर

धनगढी– कैलाली जिल्लाको एक क्वारेन्टिनमा बसेका युवकलाई सर्पले टोकेको छ।

गौरीगंगा नगरपालिका वडा नम्बर ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका खुरखुरीयाका २२ वर्षिय युवकलाई शुक्रबार राती सर्पले टोकेको प्रहरीले जनाएको छ।

उनलाई शनिबार बिहान मात्र उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

तर सेतीमा उपचार सम्भव नभएपछि कैलालीमै रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्र बढैपुर पठाईएको थियो।

गम्भीर अबस्थामा रहेका उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले नेपालगञ्ज लगिएको छ। उनी २२ दिनदेखि सोही क्वारेन्टिनमा बस्दै आएका छन् ।

असार १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्