फाइल तस्बिर

वीरगञ्ज– प्रदेश दुईको रौतहतमा पनि सलह किरा देखिएको छ।

रौतहटको चन्द्रपुर नगरपालिकामा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले जानकारी दिए।

उनले चन्द्रपुरको वडा नम्बर २ मा ज्ञान केन्द्रका कर्मचारीहरु गएको र त्यहाँ सलह किरा भेटिएको बताए। अहिलेसम्म रौतहटमा एकठाउँमा मात्रै सलह किरा भेटिएको तर जिल्लाका अन्य ठाउँमा पनि देखिएको छ कि छैन भनेर जानकारी लिने कार्य गरिरहेको झाले बताए।

‘जिल्लाको चन्द्रपुर २ मा सलह किरा भेटिएको भन्ने खबर आयो’, झाले भने, ‘कर्मचारीहरु पठाएर जानकारी लिँदा त्यहाँ सलह भेटिएको भन्ने जानकारी आयो।’

उनले वडा नम्बर २ मा ठूलो संख्यामै सलहको झुण्ड देखिएको बताउँदै ती किराहरु आकाशमा उडिरहेको बताए।

यस्तै पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बडनिहार टोलमा पनि सलह किरा देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख खडक खत्रीले जानकारी दिए।

उनले बडनिहार टोलमा किसानहरुले लगाएको धानबालीमा बिहानै सलह किराको झुण्ड आएर बसेको बताए। किसानहरु आएर सलह भगाउने कोशिस गरेको उनले बताए।

असार १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्