कसैको एक कप चिया नखाएका डा.केसीले ८० जनाको नि:शुल्क उपचार गरे

हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपाकिलाको स्वास्थ्य चौकीमा उपचार गर्दै डा.गोविन्द केसी। तस्बिर-राजन रावत/देश सञ्‍चार

सिमकोट- हुम्ला जिल्लाका दुरदराजका बस्तीमा पुगेका डा. गोन्दि केसीले ८० जना जनताको निशुल्क उपचार गरेको छन्।

वर्षामै बाजुराको मार्तडीबाट पैदल हिडेर हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपाकिलाको स्वास्थ्य चौकीमा उनले दुई दिनसम्म विशेषज्ञ सेवा प्रदान गरेका हुन।

एउटा सानो झोला बोकेर बाजुराको मार्तडी हुदै पैदल हुम्ला प्रवेश गरेका  डा.केसीले पहिलो दिन ३५ र दोस्रो दिन ४५ जनालाई निशुल्क उपचार गरेका हुन।यसरी निशुल्क डा. केसीसंग उपचार लिनेमा अदानचुली र ताँजाकोटका जनता रहेका छन्।

डा. केसीले सञ्चालन गरेको हड्डी तथा हाडजोर्नी सम्बन्धि नि:शुल्क शिविरमा बालक देखि वृद्धसम्मका बिरामीहरु आएका थिए । बिरामीको चेकजाँच गर्ने र औषधी स्वासथ्य चौकीमा भए उपलब्ध गराउन सिफारिस गरेका थिए भने नभए बाहिरबाट झिकाउन सुझाएका थिए।

निशुल्क स्वास्थ्य शिशिर गर्नकै लागि पैदल हुम्ला पुगेका उनले कसैको एक कप चिया पनि नखाएको नेबिसं हुम्लाका अध्यक्ष धर्मराज जैशीले बताए । यतिसम्म कि डा. केसीले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले पकाएर ल्याएको चिया समेत नखाएको र आफ्ना लागि होटेलबाटै अर्डर गरेका थिए।

यो खानामा पनि उस्तै गरेका थिए ।नितान्त दुर्गमका जनताहरुलाई उपचार सेवा दिनका लागि हुम्ला जिल्लामा पहिलो पटक आई पुगेको बताउदै डा. केसीले मानिसहरुलाई दुर्गममा उपचार गर्न कठिन भएको बताए।

आईतबार उनी बाजुरा जिल्लाको कोल्टीमा हड्डी सम्बन्धि बिरामीको उपचार गर्न त्यता पुगेर कालिकोटतर्फ लाग्ने छन् । डा. केसीलाई गाउँपालिकाको स्वास्थ्य शाखाले सहजिकरण गरि रहेको छ।

असार १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्