पार्लर र सैलुन खोल्न दिनुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज – ब्यूटीपार्लर र सैलुन खोल्न दिनुपर्ने माग राख्दै पर्साका ब्युटीसियन र सैलुन सञ्चालकहरुले वीरगञ्जमा आइतबार प्रदर्शन गरेका छन् ।

सुरक्षा सर्तकता अपनाएर सैलुन र ब्यूटीपार्लर खोल्न दिनुपर्ने माग गर्दै वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरिएको हो ।

घण्टाघरमा प्रदर्शन गर्दै उनीहरुले सैलुन तथा ब्यूटीपार्लरहरु खुल्ला गर्ने घोषणा गरी काम गरी खाने वातावरण बनाइदिन माग गरेका हुन् ।

यस्तै उनीहरुले लकडाउन अवधिको पसल भाडा छुट, बैंकको ऋण मिनाहा गर्नुपर्ने, राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, व्यक्तिगत स्वास्थय सुरक्षा सामग्रीको निशुल्क व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

आफ्ना मागहरुबारे कसैले वास्ता नगरेका कारण प्रदर्शन गर्न बाध्य भएको ब्युटीसियन संघ पर्साकी अध्यक्ष उर्मिला थापाले बताइन् ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्