चलचित्र दुनियाँमा आफूले भाेगेका दुर्व्यवहारबारे भिडियोमा खुलेरै बोलिन् साम्राज्ञी राज्यलक्ष्मीले

नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी शाहले चलचित्र क्षेत्रमा आफूले भोगेको दुर्व्यवहारका बारेमा बताएकी छन्। उनले लकडाउनको समयमा आफूमाथि भएका व्यवहारको बारेमा धेरै सोच्ने समय पाएको र हाल आएर उनलाई यो कुरा भन्नु नै पर्छ जस्तो लागेको बताएकी छन्।

हालसम्म साम्राज्ञीले काम गरेको ८वटा चलचित्रमध्ये ३ ओटा ब्यानरबाट नराम्रो व्यवहार भोगेको बताएकी छन्। तर उनले भिडियोमा ती ब्यानरको नाम भने उल्लेख गरेकी छैनन्।

बलिउडमा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पछि विभिन्न कुराहरु बाहिर आइरहँदा साम्राज्ञीले अभिनेत्री कंगना रनौट एकदमै सच्चा भएको बताएकी छन्। उनले चलचित्र क्षेत्रमा बाहिर देखिने भन्दा भित्र अर्कै हुने भन्दै आइजिटिभीमा १२ मिनेट लामो भिडियो सार्वजनिक गर्दै भनेकी छन्,

‘यो क्वारेनटाइनको बेलामा मैले धेरै सोच्ने समय पाएँ, जुन कुरालाई मेलै यस्सै छोडेको थिएँ वा बेवास्ता गरिरहेको थिएँ। तर समय आउँदो रहेछ कि कुनै बेला अनभूत हुँदो रहेछ की मैले यो भन्नै पर्छ। झन बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या र कंगनाको त्यस घटनाप्रतिको इमानदार भावनाहरु आइरहेका छन् । मैले ती भिडियोहरु हेरिरहकी छु।

कंगना त्यो बारेमा कुराकानी गर्दैछिन्, जुन कुरा चलचित्र क्षेत्रमा हुन्छ र मानिसहरु यसको बारेमा कुरा गर्न चाहँदैनन्। उनीहरु किन भन्न चाहदैनन् मलाई थाहा छैन। नेपालमा पनि यस्तो धेरै कुरा हुन्छ तर यसको बारेमा कुरा गरिदैन।

पछिल्लो पाँच वर्षदेखि म यो क्षेत्रमा छु, र मैले अहिलेसम्म ८वटा चलचित्रमा काम गरे।

त्यहाँ त्यस्ता धेरै ठाउँहरु र अवस्था थिए, जसलाई मैले सहजै व्यवस्थापन गर्न सक्दिनथे। मलाई मेरो काम धेरै प्यारो थियो र मलाई यो क्षेत्रमा आएपछि माया गर्ने एक समूह पनि थियो। मेले मेरा तिता अनुभव कहिलेकाँही भन्थे पनि तर मलाई कसैलाई यस बारेमा कुरा नगर्न भनिन्थ्यो।

उनीहरु मलाई ‘यो क्षेत्र सानो छ, र यहाँ त्यही मानिसहरुको नियन्त्रण छ। तिमीले केही भन्यौ भने सबैलाई थाहा हुन्छ। तिमीलाई काम मिल्दैन’ भन्थे। मलाई त्यति भनेपछि पुग्यो। मैले पछिल्लो ५ वर्षदेखि यहि कुरा सुन्दै आइरहेको छु।  जब म चलचित्र प्रमोशनमा जान्थे, सबैले गर्ने एकैखालको प्रश्नले म हैरान हुन्थे। ‘तपाई किन धेरैले घृणा गर्छ, किन तपाईलाई धेरैले घमण्डी भन्छन्?’ म यो प्रश्नले थकित भईसकेको थिए ।

म घमण्डी, छुच्चि जे भए पनि म छु। यत्तिकै बाहिरको मान्छेसँग मेरो यो व्यवहार छैन नि । मलाई यो कहिले सक्किन्छ जस्तो लाग्थ्यो। मलाई महशुस भयो, मैले ८ ओटा चलचित्रमा काम गरे, जसमा तीन यस्ता थिए, जसको व्यवहारबाट म खुसी भइन र मैले दोहोर्‍याएर काम गर्ने मनशाय राखिन। यो कुरा किन घुमिरहन्छ भन्ने कुरा मलाई थाहा भयो, जो सँग म काम गर्न चाहँदिन थे, उनीहरु यो कुरालाई बढाईरहेका छन्।

म दुर्व्यवहारमा परेको थिएँ, साँच्चै नै, तर जसले मलाई यस्तो व्यवहार गर्‍यो उसले मेरो अगाडि त्यो कुरालाई मजाक उडायो। धेरै केटाहरु र काम गर्ने मानिसहरु त्यही थिए। म मात्र १७ वर्षको थिएँ।

त्यसपछि अर्को चलचित्र आयो, जसमा व्यवस्थापन एकदमै अव्यवस्थित थियो। मैले उनीहरुलाई भनेँ, ‘हामी समयमा खाना पाइरहेका छैनौँ, पानी पिउन पाइरहेका छैनौँ। यो व्यवस्थापन अलि राम्रो भएन’’ भन्दा मलाई कुटौँला जसरी आक्रोशित भए। उनी म माथि फोहोर शब्द प्रयोग गरेर बोलिन्। त्यसपछि म दुईघण्टा रोएँ, र म फेरी चलचित्र छायंकनको लागि तयार भएँ।

किनभने म आफ्नो काममा एकदमै गम्भीर थिए, भित्र जे भएपनि बाहिर त्यो देखाउन हुन्न भन्ने मलाई लाग्थ्यो। म आफ्नो काममा अनुशासित छु, म मेरो काममा पूरै शक्ति लगाउछु, म मेरो कामलाई धेरै माया गर्छु। मलाई स्वास्थ्य समस्या भएपनि मेरो अनुहारमा कहिलेपनि देखाइन।

मानिसलाई भन्ने मौका दिइन, ‘उसले यो काम गर्न सक्दैन।’ भनेपनि दोस्रोपल्ट मैले उसलाई गरेर देखाउँछु।

अर्को चलचित्र आयो, त्यो मान्छेबाट जसलाई मैले आइडल मान्थे। उनले मेरो विश्वास तोडे। मसँग धेरै नै नराम्रो व्यवहार गरे। जसलाई म भन्न पनि सक्दिन। त्यसपछि पनि मलाई उहाँहरुबाट धेरै काम आउन थाल्यो तर मैले गरिन। त्यसपछि उनीहरुबाट नै कुरा सुरु भयो, ‘यस्ती त्यस्ती, नखरावाली। त्यसैले मै अर्को नायिका रोज्नुपर्‍यो।’ तर यो सत्य थिएन।

यो मिडियाबाट मैले कुरा गर्दा मलाई धेरैले सम्झाउलान्, मलाई सराप्लान्, फोन आउला । यो कुरा मेरो जस्तै भोगाई भएको मानिससम्म पनि पुग्ला । मलाई त्यो समूहबाट काम पनि नआउला। धेरैलाई यस्तो कुरा मिडियामा बोल्न मन लाग्दैन। मेरो कुरा मात्र के हो भने, कलाकारलाई सम्मान गर, सबैलाई समान व्यवहार गर। म त्यही चाहन्छु।

मैले गरेको सबै काममा नराम्रो अनुभव छैन। सबै नराम्रो भन्ने छैन। कतिले मलाई सहयोग गरिरहनुभएको छ। यो कुरा बाहिर आएपछि पनि मलाई अझै हेला गर्छन्। यो विद्यालयको समयदेखि नै चलिरहेको कुरा हो। हाइस्कूलमा मेरो बारेमा कसैलाई सोध्नुहुन्छ भने पनि थाहा पाउनुहुन्छ, मेरो कोही साथी थिएनन्।

मलाई त्यो बेलामा पनि हेला गर्थे, अहिले पनि हेला गर्छन। अहिले पनि सामाजिक सञ्जालमा माया गर्ने पनि छन् हेला गर्नका लागि पनि छन्। मलाई यसको बानी परिसकेको छ। मेरो कुरा यता हैन, मेरो कुरा के हो भने कामको सम्मान हुनुपर्छ।

हामी कलाकारहरु यति खट्टिन्छौँ, मेहनत गर्छौ, पैसाको कुरामा पनि ‘सबैभन्दा धेरै पैसा लिने हिरोइन’ भन्छन् यो झूट हो। मेरो परिवारमा चलचित्र क्षेत्रको कोही पछि छैन। जसको भरमा म उठेकी हुँ।

एकजना निर्देशकले मलाई आएर भन्ने की ‘तिमी अब अगाडि बढ्यौ, पछिल्लो पल्ट जे भयो त्यो मिडियामा नभन है। मलाई थाहा छैन, यदि म साँचो कुरा भन्छु भने त्यो किन तितो हुन्छ ? यो क्षेत्र ‘खुसी मात्र हुँदैन, राम्रो मात्र हुँदैन।’ यदि कामको बेलामा मलाई यो व्यवहारले प्रभाव पार्‍यो  भने हलमा आउने दर्शकले मलाई भन्छन्, ‘साम्राज्ञी नराम्रो कलाकार हो।’ काममा त एक्सन भनेपछि म त्यहाँ हुन्न जबसम्म कट भनिँदैन।

म माफी चाहन्छु, मलाई थाहा छैन म यो किन भनिरहेको छु। मैले यो कुरा विस्तृतमा भन्थे तर मलाई लाग्छ म रुन्छु होला। मलाई मानिस रोएको हेर्न र मलाई रोएको हेर्न मन पर्दैन। त्यसैले…

ख्याल गर्नुहोला !’

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on


साम्रागीले ‘ड्रिम्स’ चलचित्रबाट नेपाली चलचित्रमा डेव्यू गरेकी हुन्। उनले पहिलोपल्ट नायक अनमोल केसीसँग स्क्रिन शेयर गरेकी हुन्। १७ वर्षको हुँदा चलचित्र क्षेत्रमा आएकी शाहले पाँच वर्षमा ८ ओटा चलचित्रमा काम गरीसकेकी छन् ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्