वीरगञ्जमा उपचाररत २१ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगञ्ज– वीरगञ्जबाट आइतबार थप २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

संक्रमित भई उपचार गराइरहेका उनीहरुको लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको सिंहले बताए। निको भएर घर फर्किनेमा तीन जना महिला र १८ जना पुरुषहरु रहेको उनले जानकारी दिए।

कोरोनालाई जितेर घर फर्किनेहरुमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना,पटेर्वा सुगौली गाउँपालिकाका दुई,पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एक/एक जना रहेका छन्।

आइतबार अस्पतालबाट २१ जना डिस्चार्ज भएसँगै अब कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ६ जना मात्रै कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्