प्रदेश-१मा कोरोना संक्रमितको संख्या ५६० पुग्यो

मोरङ- प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का २७ जना नयाँ संक्रमितको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरस्थित मन्त्रालयले आइतबार कोभिड १९ बारे जानकारी दिदैं मोरङको विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका छन्।

यसक्रममा मोरङको दक्षिणपूर्वी सुनवर्षी नगरपालिका १६ पुरुष र १ महिलागरि कुल १७ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको हो।

नगरपालिकाका अनुसार उनीहरु भारतका विभिन्न स्थानबाट आएका र क्वारेन्टाइनमा रहदै आएका हुन्। त्यसैगरी उदयपुरको कटारी र त्रियुगा नगरपालिकाबाट ६ जना संक्रमित थप भएका छन्। अन्य मुलुकबाट आएकाहरुमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हाल उदयपुरको कटारीमा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी त्रियुगा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेकी १ महिलाको समेत पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।

त्यसैगरि, झापाको हल्दिबारीमा २ महिला, सुनसरीको इनरुवा नगरपालिकामा १ पुरुष र इलामको माइमा १ जना पुरुषमा कोभिड १९ को पुष्टि भएको हो ।
यससंगै प्रदेशमा पीसीआर पोजेटिभको संख्या ५ सय ६० पुगेको छ।

जसमा ७८ महिला र ४ सय ८२ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरि, हालसम्म यस प्रदेशमा कोभिड १९ का संक्रमितहरु उपचारपछि डिस्चार्ज भएकाको संख्या ३ सय ७८ रहेको छ। जसमा २३ महिला र ३ सय ५५ पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार हाल विभिन्न कोभिड १९ उपचार केन्द्रमा १ सय ५५ जना संक्रमितहरु उपचाररत भर्ना अवस्थामा रहेका छन्। त्यसैगरी, हालसम्म कोभिड १९ बाट प्रदेशमा मानविय क्षति भने नभएको मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रञ्जु रेग्मीले जानकारी दिइन् ।

असार १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्