ललितपुरको स्टार अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ।

रौतहटका वर्षीय ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा आइतबार साँझ मात्रै पीसीआर रिपोर्ट पाप्त भएको हो।

संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ।

बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्