काठमाडौँ – देशको जेठो त्रिभूवन विश्वविद्यालयको ६१ औँ वार्षिक दिवस अन्तर्गत त्रिभूवन विश्वविद्यालय सभा सोमबार कीर्तिपुरमा भइरहेको छ ।

विश्वविद्यालयका कुलपति समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बैठक बस्ने भनिए पनि उनी विशेष कारणले आउन नसकेकाे भन्दै शिक्षा मन्त्री गिरिराजमणि पाेखरेलकाे अध्यक्षतामा बैठक बसेकाे छ । साे बैठकमा अहिलेको विषम परिवेश अनुरुप व्यवस्थित गरिएको छ । सभाकक्षमा पस्नु पूर्व सहभागीहरुलाई स्यानिटाइजरले हाल सफा गर्ने व्यवस्था गरिएको छ ।

यस्तै सभा हलमा पनि बस्ने व्यवस्था भौतिक दूरी कायम हुने गरी भएको छ । कोरोना भाइरसको महामारीका कारण सीमित व्यक्तिहरुको सहभागितामा त्रिविले वार्षिक सभा गरेको हो ।