ढाकामा डुंगा दुर्घटना, कम्तीमा २३ जनाको मृत्यु

फाइल तस्विर

ढाका-  बंगलादेशको ढाकामा डुंगा(फेरी) दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको र २ दर्जनभन्दा बढी बेपत्ता रहेको एजेन्स फ्रान्स प्रेस-एएफपीले जनाएको छ।

समाचारमा जनाइएअनुसार सोमबार बिहान डुंगा दुर्घटना भएको थियो।

दुर्घटना भएको डुंगामा ५० जना सवार रहेको र २३ जनाको शव फेला परेको बंगलादेशका अधिकारीहरुले जनाएका छन्।

बाँकी बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको अधिकारीको भनाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्