कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो, संक्रमित संख्या १३ हजार नाघ्यो

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले सोमबार एक कोरोना संक्रमितको मृत्यु भएसँगै काेरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या २९ पुगेको छ।

त्यस्तै, सोमबार थप ४७६ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितहरुको संख्या पनि १३ हजार २ सय ४८ पुगेकाे छ।

ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेहरु२९ पुगेको हो।

रौतहटका ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा आइतबार साँझ मात्रै पीसीआर रिपोर्ट प्राप्त भएको हो।

संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ।

बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू