दाङमा ५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ६८ पुग्यो

दाङ-दाङमा सोमबार ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३६ जना पुरुष र २२ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, नेपाली सेना र भारत तथा अन्य देशबाट आएका व्यक्तिहरु छन्। जस अनुसार गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, राप्ती गाउँपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगिशरण गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।

यसैविच राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एक महिला स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।यो सँगै प्रतिष्ठानका ८ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो। त्यसैगरी, नेपाली सेनाको रिपूमर्दन गणका दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ।

दुई साता पहिले भारतबाट घोराहीमा शब ल्याई व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि पनि सोही कार्यमा खटेका एक जना सेनामा कोरोना देखिएको थियो। यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ५ सय ६८ जना पुगेको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू