काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरका एक एक जनामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा २ महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

ललितपुर र भक्तपुरमा संक्रमित दुवै जना पुरुष हुन्। टेकु, पाटन र टिचिङ अस्पतालमा परीक्षण गरिएको थियो।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्