असार १५ मा हिलो छ्यापाछ्याप गरेर रमाइलो (फोटो फिचर)

काठमाडौँ- देशभरका किसानहरुले धुमधामका साथ दहीचिउरा खाँदै असार १५ मनाइरहँदा साँघुका किसानहरुले पनि रमाइलो गर्दै धान रोपेका छन्।

उनीहरुमध्‍ये रोपाहारहरु खेत रोप्दै आपसमा पानी छ्याप्दै रमाइलो गरिरहेका छन् भने बाउसेहरु खेतको गरा मिलाउँदै रमाइलो गरिरहेका छन्।

यता, कोही भने गाग्रीमा रोपाहारहरुको लागि पानी ल्‍याइरहेका छन्।  मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

 

 

 

 

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू