स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित कालिमाटीबाट फलफुल व्यापारी पक्राउ

काठमाडौं- महानगरीय प्रहरी वृत कालिमाटीले स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँसहित कुलेश्वरबाट २ जनालाई पक्राउ गरेको छ।

फलफुल व्यापारी उनिहरु नाताले मामा-भान्जा भएको कालिमाटी वृत प्रमुख रुघम कुँवरले जानकारी दिए। पक्राउ पर्नेमा बाराको  गढीमाई नगरपालिका-३ का ४७ वर्षीय रमेश सिंह र २५ वर्षीय रविशंकर सिंह रहेका छन्।

रविशंकर भारतीय नागरिक हुन्। दुवै जना कुलेश्वरमा बस्दै आएका थिए। उनिहरु हुण्डीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू