बैंकको ब्याजदर एक अंकमा सीमित हुन्छ- अर्थमन्त्री खतिवडा

काठमाडौँ- अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकको ब्याजदर एक अंकमा सीमित हुने बताएका छन्। सोमबार नेपाल उद्योग परिसंघको १७ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री डा.खतिवडाले बैंकको ब्याजदर १ अंकको नजिक आउने बताएका हुन्।

उनले बैंकहरु थप लगानीका तयार भएको र ब्याजदर पनि घट्दै जाने बताए। उनले भने, ‘बैंकहरुको ब्याजदर घट्दै छ। बैंकहरुले सस्तोमा ब्याज दिइरहेका छन्। निक्षेपकर्तालाई बचतमा कति प्रतिशत ब्याज दिने भन्ने आउँछ।’

अर्थमन्त्री डा.खतिवडाले निक्षेपकर्तालाई बचतमा ब्याज कति प्रतिशत दिने भन्ने परिस्थिति आएको र बैंकहरुले निक्षेप र कर्जाका अधारमा कम गरेर लैजानु भन्ने आग्रह गरे। राष्ट्र बैंकको मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्ने अर्थमन्त्री डा.खतिवडाले बताए।

यस्तै उनले लकडाउन खुकुलो गर्दै जाँदा आर्थिक क्रियाकलाप छिटो लयमा आउने र केही आर्थिक क्रियाकलाप सुरु भइसकेको पनि बताए।

यसैगरी कोरोना भाइरसका कारण विदेशबाट धेरै मान्छे आउने अपेक्षा गरिए पनि तर सोच अनुरुपको मान्छे नआउँदा यो नेपाली अर्थतन्त्रका लागि सकरात्मक भएको अर्थमन्त्री डा.खतिवडाले बताए। ‘ हामीले जति मान्छे बाहिरबाट नेपाल आउँछन् सोचका थियौ। त्यो संख्या अपेक्षितकृत रुपमा कम भएको छ’, उनले भने ‘क्रमशः आर्थिक क्रियाकलाप संचालन हुदाँ रोजगारीको समेत सुनिश्चितता भएको छ।’

यसैगरी जेठ महिनामा मात्र एक खर्बको रेमिट्यान्स भित्रिएको अर्थमन्त्री डा.खतिवडाले जानकारी दिए। ‘अहिले जुन विदेशी मुन्द्रा संचिति भएको छ’, उनले भने, ‘त्यसको मुल कारण भने हामीले औषतभन्दा बढी रेमिट्यान्स प्राप्त गरेका छौ। यसको राम्रो असर बैंकको तरलतामा छ।’

सरकारले अहिले सुरक्षा प्रबन्ध मिलाएर रोजगारीका लागि विदेश जाने चाहने नेपालीहरुलाई सहजिकरण गरी विदेश पठाउने अर्थमन्त्री डा.खतिवडाले बताए।

विदेशी मुद्रा सञ्चिती अहिलेसम्मको बढी रहेको विप्रेषण अपेक्षा भन्दा बढी नै आउने गरेको अर्थमन्त्री डा.खतिवडाको भनाइ छ।सरकारले आर्थिक अवस्था पुरानै गतिमा ल्याउने गरी काम गरिरहेको अर्थमन्त्री डा.खतिवडाले बताए।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू