नागरिकता विधेयकको विरोधमा काँग्रेसको विरोध प्रदर्शन

जनकपुरधाम-नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली काँग्रेसले सोमबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले बिदेशी बुहारीलाई सात वर्ष पछि अंगिकृत नागरिकता दिन ल्याएको संसोधन प्रस्तावको विरोध गर्दै नेपाली काँग्रेसले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।

सात वर्ष पछि मात्र विदेशी बुहारीलाई नागरिकता दिने नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको नेपाली काँग्रेसका धनुषा सभापति महेश शंकर गिरीले आरोप लगाए।

राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय भएकोप्रति उनले असन्तुष्टि जनाए।राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उनीले यसबाट अनेक शंका उब्जाएको उल्लेख गरेका थिए।

विरोध सभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। त्यस्तै आज सिके राउत नेतृत्वको जनमत पार्टीले समेत नागरिकता विधेयकको विरोधमा जनपकुरधाममा प्रदर्शन गरेको छ।

त्यस्तै जनता सामाजवादी पार्टी एक हप्ता भन्दा बढी समय देखि दिनहु नागरिकता विधेयकको विरोधमा प्रदर्शन गर्दै आएको छ।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्