नीतिगत व्‍यवस्थामा सहजिकरण राष्ट्र बैंकलाई चार्टड एकाउन्टेन्ट संघको सुझाव

काठमाडौँ-चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।

संघका पदाधिकारीहरुले कोभिड-१९ महामारीले सिर्जना गरेको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रतिबेदन बुझाउँदै मौखिक सुझाव पनि दिएको हो।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिहरुमा सहजिकरणका लागि संघले आग्रह गरेको छ।

ऋणको पुनर्तालिकिकरण, ब्याजलाई पुँजीकृत कसरी गर्ने, ऋणको बर्गिकरण र प्रोभिजनमा अब कसरी गर्ने एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका विषय प्रतिवेदनमा उल्लेख छ।

गभर्नर अधिकारीले अध्यक्ष आन्द वाग्लेको नेतृत्वमा भेट्न गएका पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहनेगरी काम गर्न संघलाई आग्रह गरे।

उनले भने, ‘सबैले आ–आफ्ना व्यवसायको हित हुने गरी आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाव दिइरहेका छन्। तर सबै क्षेत्रमा सन्तुलन रहनेगरी काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितिमा चार्टड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहन्छ।’

यस्तै गभर्नर अधिकारीले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई मौद्रिक नीतिमा भिन्नै शिर्षक दिनलाई राष्ट्र बैंकका अधिकारीहरुलाई निर्देशन दिए।

संघका अध्यक्ष आन्नद वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्यन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम व्यवस्था मिलाउन राष्ट्र बैंलाई सुझाव दिए।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू