प्रदेश-१ मा ८ जना संक्रमित उपचारपछि डिस्चार्ज

मोरङ-धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ उपचार केन्द्रबाट ८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएकाछन्।

सोमबार प्रतिष्ठानले १७ वर्षदेखि ६० वर्ष उमेर समूहका ८ जना पुरुषले कोरोनाभाइरसलाई जितेर घर फर्किएको जनाएको हो।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जेष्ठ ३२, असार १ र २ गते संक्रमण देखिएका ८ जना नै उपचारका लागि केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज भएकाहरु मोरंगको विभिन्न स्थानीय पालिकाका बासिन्दा हुन्।

प्रतिष्ठानका अनुसार गएको २४ घण्टामा केन्द्रमा नयाँ ३ जना संक्रमितलाई उपचारका लागि भर्ना गरिएको छ। त्यसैगरी हाल प्रतिष्ठानमा ३१ जना पीसीआर पोजेटिभ ब्यक्ति उपचाररत भर्ना अवस्थामा रहेका छन्।

प्रतिष्ठानबाट हालसम्म १ सय ८५ जना संक्रमतिहरु सफल उपचारपछि डिस्चार्ज समेत भइसकेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू