भारतले प्रतिबन्ध लगायो टिकटक र वीच्याटसहित ५९ चिनियाँ एप

काठमाडौँ- भारतले कुनै न कुनै रुपमा चीनसँग जोडिएका ५९ वटा एपमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको छ। भारतले टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए। भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै फोन कम्पनीहरुलाई फोन गरेर यी एप प्रतिबन्ध लगाउन आदेश दिएको हो।

चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि भारत र चीन सम्बन्धमा तीक्तता आइरहेको छ। मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो।

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्