इंग्लिस प्रिमियर लिगः क्रिष्टल प्यालेसमाथि बर्नलीको महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बर्नली विजयी भउको छ । अवे मैदानमा भएको खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ६२ औँ मिनेटमा बेन मीले गरेको गोल नै बर्नलीको जितमा निर्णायक बन्यो ।

जितपछि बर्नलीले युरोपा लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ । उ ३२ खेलबाट ४५ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको क्रिष्टल प्यालेस ४२ अंकसहित ११ औँ स्थानमा झरेको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्