बुफोनले युभेन्टससँग गरे थप एक वर्षको सम्झौता

इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले क्लबसँग थप एक वर्षको सम्झौता गरेका छन् ।

इटालीको राष्ट्रिय टिमका पूर्व सदस्य रहेका बुफोनको हालको सम्झौता उनी ४३ वर्षको हुँदा समाप्त हुन्छ । अहिले बुझोन ४२ वर्षका भए । एक सिजन पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा बिताएर उनी सन् २०१९ मा पुनः युभेन्टस फर्किएका थिए ।

बुफोनले युभेन्टसबाट लिगमा ५०० भन्दा बढी खेलमा सहभागिता जनाएका छन् । उनी सन् २००१ मा युभेन्टसमा अनुबन्धित भएका थिए । उनले आफ्नो व्यवसायिक खेल जीवनको डेब्यु भने सन् १९९५ मा पार्माबाट गरेका थिए ।

युभेन्टसले बुफोनसँगको नयाँ सम्झौताबारे जानकारी दिँदै जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सुपर जिजीले उमेर मात्र एक अंक मात्रै हो भन्ने प्रमाणित गरेका छन् ।’

युभेन्टसका कप्तान जर्जियो चिलिनीले पनि क्लबसँग थप एक वर्षको सम्झौता गरेका छन्।

लिगका १० खेल बाँकी हुँदा दोस्रो स्थानको लाजिओ भन्दा युभेन्टस चार अंकले अघि रहेको छ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्