बार्सिलोना र युभेन्टसबिच खेलाडी साटासाट गर्ने गरी सहमति

इटालियन क्लब युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक यो सिजनको अन्त्यमा स्पेनिस क्लब बार्सिलोना जाने भएका छन् ।

दुई क्लबबिच खेलाडी साटासाट गर्ने गरी सहमति भएको हो । सो सहमति अनुसार बार्सिलोनाका ब्राजिलियन खेलाडी आर्थर युभेन्टसमा अनुबन्धित हुने छन् ।

३० वर्षका बोसनियन खेलाडी मिरालेम सुरुवाति ६० मिलियन युरो तथा त्यसपछि पाँच मिलियन युरो थपिने गरी सहमत भएका हुन् ।

सन् २०१६ मा युभेन्टस आएका उनले क्लबका लागि हालसम्म २१४ खेलमा सहभागिता जनाएका छन् ।

यस्तै २३ वर्षका आर्थर सन् २०१८ मा ६ वर्षको सम्झौतामा सुरुवाति ७२ मिलियन युरो र त्यसपछि १० मिलियन युरो थपिने गरी बार्सिलोनामा अनुबन्धित भएका हुन् । आर्थर पनि सिजनको अन्त्यसम्म बार्सिलोनामै हुने छन् ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्