प्रिमियर लिगमा ११ औँ चरणको परीक्षणमा एकजनामा संक्रमण पुष्टि

इंग्लिस प्रिमियर लिग फुटबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको लगातार परीक्षण हुँदै आएको छ । पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

११ औँ चरणको परीक्षणमा २२ सय ५० जना मध्ये एकजनामा संक्रमण पुष्टि भएको हो । तर संक्रमित व्यक्तिको पहिचान खुलाइएको छैन । ती व्यक्ति सात दिनका लागि आइसोलेशनमा गएका छन् ।

गएको हप्ता १८ सय २९ जनामा भएको परीक्षणमा एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो । प्रिमियर लिगमा अहिलेसम्म भएका ११ चरणमा परीक्षणमा कुल १९ वटा पोजेटिभ रिपोर्ट आएका छन् ।

१०० दिनपछि जुन १७ देखि प्रिमियर लिगका खेलहरु पुनः सुरु भएका छन्।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्