चीनले युगुर मुसलमानको जनसंख्या सीमित गर्न महिलालाई बन्ध्याकरण गर्न बाध्य पारेको आरोप

चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका लागि चीनले शिन्जियाङ्गका महिलाहरुलाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारिएको एक अध्ययनले देखाएको छ ।

युगुर मुसलमानको जनसंख्या सीमित गर्नका लागि सरकारी अधिकारीले महिलाहरुलाई बाध्यकारी रुपमा बन्ध्याकरण वा गर्भनिरोधी साधान जबरजस्ती प्रयोग गर्न लगाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चीनका अध्येता उड्रिउन जेन्जले गरेको सो अध्ययनपछि अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्रसंघलाई अनुसन्धान गर्न आग्रह गरेका छन् ।

चीनले अध्ययनमा गरिएका सबै दाबी अस्वीकार गरेको छ । उसले सो अध्ययनलाई आधारहिन भनेको छ ।

युगुर मुस्लिमलाई डिटेन्सन सेन्टरमा राखेको भन्दै अन्तर्राष्ट्रिय समुदाले यसअघिदेखि नै चीनको आलोचना गर्दै आएका छन् ।

युगुरसहितका आदिवासीमाथिको ज्यादतीलाई लिएर संयुक्त राष्ट्रसंघले समेत चासो र चिन्ता व्यक्त गर्दै आएको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्