मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, तीनजना घाइते

धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् ।

बर्दगोरीया गाउँपालिका वडा नम्बर १ स्थित राजमार्गमा भे ६ प २५२० नम्वरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार साइकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय रमेश परियारका ५ वर्षीय छोरा हिमान्शु परियारको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सुरेश चौधरी, मोटरसाइकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय जयदेव चौधरी र मृतक बालकका बुवा साइकल चालक रमेश परियार घाइते भएका छन् ।

उनीहरुमध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको र घाइते तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू