फोटो फिचर

सरकारविरुद्ध नयाँबानेश्वरमा इनफ इज इनफ अभियानको धर्ना

काठमाडौँ – इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन ।

अभियानले कोभिड–१९ व्यवस्थापनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो । लक्षणहरू देखिए वा नदेखिए पनि जोखिममा भएका सबैका लागि तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराउन उनीहरुको माग छ ।

खतरामा भएका सबैलाई चार तहमा विभाजन गर्ने विधि अपनाएर परीक्षण गर्न पनि अभियानले माग गरेको छ ।

यस्तै अग्रपंक्तिका स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई सुरक्षा प्रदान गर्न र बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनबारे सम्पूर्ण जानकारी जनतालाई उपलब्ध गराउँदै पारदर्शिता र जिम्मेवारीको प्रतिबद्धता गर्न पनि अभियानले सरकारलाई आग्रह गरेको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू