तोलामा सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ–सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा ९० हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू