फाेटाे फिचर

‘बरु सलह किराको मूल्य भो, मान्छेको मूल्य खै?’

इनफ इज इनफ अभियानका युवाहरुको बानेश्वरमा धर्ना । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको प्रयास अति कमजोर र भ्रष्ट भएको भन्दै लगातार विरोधका विविध कार्यक्रम गरिरहेको ‘इनफ इज इनफ’ अभियानले मंगलबार पनि त्यसलाई निरन्तरता दिएको छ ।

अभियानमा रहेका युवाहरु मंगलबार बानेश्वर क्षेत्रको सडक पेटीमा विभिन्न माग तथा सरकार विरोधी नारा लेखिएका प्लेकार्डसहित धर्ना बसेका छन् ।

उनीहरुले कोरोना भाइरसको परीक्षण आइडीटी नभइ सतप्रतिशत पीसीआर विधिबाट हुनु पर्ने, जनताको जीवनको रक्षा गर्नु पर्ने, भ्रष्टाचार अन्त्य गर्नु पर्ने मागसहितका प्लेकार्ड बोकेका छन् ।

यस्तै उनीहरुले सरकार तिम्रो पाराले दुःख पाए साराले, बरु सलह किराको मूल्य भो मान्छेको मूल्य खै? सहितका प्लेकार्ड पनि लिएका छन् ।

युवाहरुले सरकारसँग जनताको रक्षा गर्न र जनताले सरकारको रक्षा गर्ने सन्देशसहितका नारा देखाउँदै सरकारमाथि दबाब दिँदै आएका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले उनीहरुको आन्दोलनलाई केही तस्बिरमा समेटेकी छन्।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्