पर्सामा ५० प्रतिशत धान रोपाइ सम्पन्‍न

पर्सा- पर्सा जिल्लामा हालसम्म ५० प्रतिशत रोपाई सम्पन्न भएको छ।जिल्लामा अहिलेसम्म ५० प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।

अहिले परेको पानीले गर्दा र किसानहरुले ब्याडमा लगाएको बिउ पनि ठुलो भईसकेकोले जिल्लामा ५० प्रतिशत रोपाई सम्पन्न भएको हो।

जिल्लामा यस बर्र्ष कुल ४६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म २३ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भईसकेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले जानकारी दिए।

उनले कुल धान खेती हुने क्षेत्रफलबाट प्रति हेक्टर ५ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने बताउदै कुल २ लाख ५५ हजार ७ सय ५० मेट्रिक टन धान यसवर्ष उत्पादन हुने अनुमान गरिएको बताए।

गत वर्ष पर्सामा जिल्लामा ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रति हेक्टर ४ दशमलव ८ मेट्रिक टनले कुल २ लाख १६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।गत बर्ष बाढी खडेरी र मलको अभावले गर्दा धान उत्पादनमा कमि आएको यादवको भनाइ छ।

माटोमा प्राङरिक पदार्थ कम हुन,गुणस्तर बिउ प्रतिस्थापन दर न्युन हुनु,सन्तुलित मलखादको प्रयोगमा कमि,खडेरी,बाढी,जलबायु परिबर्तन,रोग किरा,महामारीजग्गा खण्डिकरण,खेतीयोग्या जग्गा आवाशी तथा औधोगिक क्षेत्रमा बिस्तार हुनु धान उत्पादनमा कमि आउने प्रमुख कारक तत्व रहेको यादवले जानकारी दिए।

पर्सामा रहेको नहरमा भारतीय पक्षले गत बर्षदेखि नै पानी नछाडेकाले किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन्।भारतको बिहार भैसालोटनस्थित निर्माण गरिएको नारायणी नदीको ब्यारेजबाट दोन शाखा हुदै शाखा नहरबाट जिल्लाको जानकी टोला हुदै आउने पानीले पर्सासहित बारा र रौतहटको ३८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरेको छ।

तर, भारतीय पक्षले समयमै पानी नछोडने गरेकाले किसानहरु आकाशे पानी र चर्को मुल्य तिरी पम्पसेटबाट सिँचाइ गर्नुपर्ने बाध्ता रहेको छ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्