प्रदेश-१ मा ११ जना थप नयाँ कोरोना संक्रमण पुष्टि

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड-१९ का ११ जना नयाँ संक्रमित थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार २ महिला र ९ पुरुष गरि ११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार झापामा ५,संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनाको पीसीआर परिक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो।

झापाको मेचीनगर नगरपालिकामा १, कनकाई नगरपालिकामा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोभिड १९ पुष्टि भएको हो।

यससंगै प्रदेशमा हालसम्म संक्रमितको संख्या ५ सय ७८ पुगेको छ। अर्कोतर्फ प्रदेशमा ८ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्