आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

काठमाडौँ– नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७१ जना महिला र २४५ जना पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सप्तरीका २५, सिराहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासभाका ३, धनुषाका ३, रौतहटका ७, महोत्तरीका २९, अछामका २८, बाजुराका १, काठमाडौँका १२, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १ र सर्लाहीका ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका १,बागलुङका १, डढेलधुराका ३, ललितपुरका १, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, स्याङजाका ४, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८,सल्यानका २, दाङका २१, रुकुमका ८, बाजुराका ५०, बाँकेका १, दैलेखका ३, बैतडीका ४, डोटीका ३० र कैलालीका ५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। तीमध्ये १ हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुष छन्।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ६० जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्ये ९ जना महिला र ५१ जना पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ। तीमध्ये २ सय ७७ जना महिला र २ हजार ९ सय १७ जना पुरुष छन्।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्