फोटो फिचर

‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’

'इनफ इज इनफ' अभियानको पाटनमा साङ्ले जुलस

काठमाडाैँ– ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’ले सत्याग्रह सुरु गरेको पाँच दिन पुगेकाे छ। कोरोनाबाट जनताको जीवन रक्षाको माग गर्दै अधिकारीले पाटनको कृष्ण मन्दिर क्षेत्रमा शुक्रबारदेखि सत्याग्रह थालेका थिए।

प्रहरीले शुक्रबार नै अधिकारीसहित अभियानका पाँच जना अभियन्तालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुले प्रहरी हिरासतमै अनशनलाई निरन्तरता दिएका थिए। प्रहरीले उनीहरुलाई शनिबार साँझ मात्रै छाडेको थियो। रिहा भएपछि पनि अधिकारीले सत्याग्रहलाई निरन्तरता दिएका छन्।

सरकारलाई दबाब दिन ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताहरुले मंगलबार पाटनको कृष्ण मन्दिर क्षेत्रमा धर्ना दिएका छन्।

‘जनता कोरोनाले होइन सरकारको लापरबाहीले मर्दैछन्’, ‘ताराबाजी लै लै, कोरोना आयो घरमा, सरकारको तयारी भएन, जनताले बाँच्न पाएन’, ‘शत प्रतिशत पीसीआर’, ‘हामी जवाफदेहीता, पारदर्शिता चाहन्छाैँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।