नागरिकता संशोधन विधेयकविरुद्ध जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन

जनकपुरधाम-विदेशी बुहारीलाई सात वर्ष पछि मात्र नागरिकदा दिन ल्याएको नागरिकता संशोधन विधेयकको विरुद्धमा जनपकुरधाममा विरोध प्रदर्शन भएको छ।

जनता सामाजवादी पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार जनकपुरधाममा समेत नागरिकता संशोधन विधेयकको विरुद्धमा आफ्नो शक्ति प्रदर्शन गरेको छ।

नेकपा नेतृत्वको सरकारले महिला विरोधी विभेदपूर्ण विधेयकविरुद्ध आफूहरु आन्दोलनमा उत्रेको प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले बताए। उनले नेकपाको यो निर्णय लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाए।

राज्य व्यवस्था समितिबाट विदेशी महिला विवाह गरेर नेपाल आएको खण्डमा ७ वर्षपछि मात्र नागरिकता दिने गरिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेकपा सरकारको यस निर्णयले अनेकौ शंका उब्जाएको बताए।नेकपा सरकारले यो निर्णय नसाच्यए कडा आन्दोलनमा जाने चेतावनी समेत दिए।

‘संशोधित नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’, ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन’ लगायतका नारा सहित प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्यहरु रामअशिष यादव, परमेश्वर साहलगायत जसपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

यता एकातर्फ जसपाले देशभर विरोध प्रदर्शन गरिरहेको छ भने अर्को तर्फ जसपा नेतृत्वकै प्रदेश २ सरकारले हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेश गरेको छ।

आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा अति आवश्यक सेवामा हड्ताल गर्ने वा त्यसमा सहयोग गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद र दुई हजार जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था गरिएको छ।यसैगरी हड्ताल दुरुत्साहन गर्नेलाई तीन महिना कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने विधेयकमा व्यवस्था छ।

हड्तालमा सहयोग गर्ने गरी चन्दा दिने व्यक्तिलाई समेत कारबाहीको व्यवस्था विधेयकमा गरिइएको छ। हड्ताललाई सहयोग पुग्ने गरी चन्दा दिनेलाई तीन महिना कैद वा एक हजार जरिवाना वा दुबै सजाय हुने विधेयकमा जनाइएको छ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू