सुनकाे मूल्य ताेलामा पाँच सय बढ्याे

काठमाडौँ–सुनको मूल्य बुधबार बढेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा ९१ ह्जार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू