नेकपाको स्थायी कमिटी बैठक जारी

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बुधबार पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले ओलीले प्रधानमन्त्री तथा अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए ।

संकटमा तानिएका ओलीले बिहान आफू पक्षका मन्त्री तथा नेताहरुसँग परामर्श गरेका थिए । त्यसमा नेताहरुले लचिलो हुन र सबैका कुरा सुन्न सुझाव दिएका थिए ।

ओलीलाई उनी निकट मन्त्री तथा नेताहरुले सबै पक्षसँग छलफल गरी कमीकमजोरी सच्याएर अघि बढ्न सुझाव दिएका छन् ।

पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।

नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका थिए ।

 

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू