नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । पाँच जना समिति सदस्यहरुले बोलेपछि बैठक स्थगित भएको हो ।

बुधबारको बैठकमा लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्‍ताव पारित गर्ने कार्यतालिका रहेको र त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाको स्थायी कमिटी बैठक भोलि फेरि बस्ने छ ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्