चीनस्थित अमेरिकी सञ्चार ब्यूरोलाई पूर्ण विवरण पेश गर्न चीन सरकारको आदेश

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान

चीनमा रहेका अमेरिकी सञ्चारमाध्यमका खाशाहरुलाई चीन सरकारले नियमन गर्ने भएको छ।

चीनको विदेश मन्त्रालयले बुधबार चीनमा रहेका एसोसिएट प्रेस (एपी), युनाइटेड प्रेस इन्टरनेशनल (युपिआई), सिबिएस र एनपिआरले आफ्ना सबै कर्मचारीबारे सात दिन भित्र लिखित जानकारी प्रदान गर्नु पर्ने बताएको छ ।

अमेरिकामा रहेको चिनियाँ सञ्चारमाध्यमका शाखाहरुमा त्यहाँको सरकारले विभेद र थप प्रतिबन्ध लगाएपछि चीनले त्यसको जवाफी प्रतिक्रिया सुरु गरेको हो ।

आत्मरक्षाका लागि चीनमा रहेका अमेरिकी सञ्चार संस्थाका सम्पूर्ण कर्मचारीहरुको लिखित विवरण माग गरिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू