बाँकेमा सातजनामा देखियो कोरोना संक्रमण

नेपालगञ्‍ज-बाँकेमा सात जनामा कोरोना देखिएको छ। बुधबार सात जनामा कोरोना देखिदा तीन जना एकै परिवारका परेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुर-२ का श्रीमान् र श्रीमती तथा वडा नं. १२ मा बस्ने छोरामा कोरोना देखिएको बताए।

उनका अनुसार, एकै परिवारका सात जनामा पीसीआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको हो । उनीहरु गत ३ गते भारतको दिल्लीबाट आएका थिए।भेरी अस्पताल, नेपालगञ्जको ल्याबमा गरिएको परीक्षणमा खजुरामा चार जनामा कोरोना देखिएको छ।

खजुरा गाउँपालिका वडा नं.-६ मा दुई जना, वडा नं. १ र २ मा एक÷एक जनामा कोरोना देखिएको छ । बुधबार देखिएका संक्रमितमा चार महिला र तीन पुरुष रहेका छन्।

बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ। भारतबाट आउने नेपालीको संख्या घट्दै गएकाले अहिले बाँकेको क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै गएको छ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्