गोवा पर्यटकका लागि भोलीदेखि खुल्ने, २५० होटललाई सन्चालन अनुमती

नयाँ दिल्ली- गोवाका पर्यटन मन्त्री मनोहर अजगावनकरले गोवा बिहीबारदेखि पर्यटकका लागि खुला हुने जनाएका छन्।

गोवाको मन्त्रिपरिषद् बैठकले  लगातारको लकडाउनका कारण अस्तव्यस्त पर्यटनलाई सुचारु गर्न उक्त निर्णय गरिएको बताएका छन्। पर्यटकका लागि खुला गरेसँगै २५० वटा होटललाई पनि सन्चालन अनुमती दिइएको जनाइएको छ।

उनिहरुले सामाजिक दुरीसहित कोरोना संक्रमण फैलन नदिने आवश्यक मापदण्ड अपनाएर सेवा दिने पर्यटनमन्त्री अजगावनकरको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ।

 

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्