अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष मनोहरद्धारा राजिनामा, इमरान ख्वाजालाई कार्यबहाकको जिम्मा

नयाँ दिल्ली- सशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीको अध्यक्ष पदबाट राजिनामा दिएका छन्।

सशांकको राजिनामा आईसिसी बोर्डले स्विकृत गरि इमरान ख्वाजालाई कार्यबहाक प्रमुखको जिम्मेवारी दिएको छ। आईसिसी अध्यक्षका रुपमा २ वर्षयता मनोहर उक्त पदमा थिए।

नयाँ अध्यक्ष चयन गर्न चाँडै निर्वाचन गरिने र त्यसको प्रकृया तय हुने आईसिसीले जनाएको छ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्