राजधानीमा लिभिङ टुगेदरमा बस्दै आएको जोडी एउटै पासोमा झुन्डिएको फेला

काठमाडौँ- राजधानीको पेप्सिकोलामा बुधबार एक जोडी एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा कागेश्वरी नगरपालिका-६ पेप्सिकोलामा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जानकारी देशसञ्चारलाई दिए।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्