ग्लोबल आईएमई बैंक र सेलपेबीच सम्झौता

काठमाडौँ-ग्लोबल आई.एम.ई.बैंक लिमिटेडले सेलपेसँग सम्झौता गरेको छ।

बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सम्झौता गरेको हो।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका गरेका हुन्।

भुक्तानी गर्दा सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आई.एम.ई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सकिने कम्पनीले जनाएको छ। सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन्।

यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बीमा रकम भुक्तानी, एएमआइ भुक्तानी, कोविड-१९ को बीमा रकम भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्