सान्चेज, एरिक्सन तथा योङ्गसहितको गोलमा इन्टर मिलानको फराकिलो जित

इटालियन सिरी एक फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलानले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले ब्रेसियालाई ६–० ले पराजित गरेको हो ।

इन्टरको जितमा एश्ली योङ्ग, एलेक्स सान्चेज र क्रिष्टियन एरिक्सनसहितले गोल गरे । योङ्गले पाँचौँ मिनेटमा गोल गरी इन्टरलाई सुरुवाति अग्रता दिलाए । २० औँ मिनेटमा पाएको पेनाल्टीमा सान्चेले गोल गरेर अग्रता दोब्बर पारे ।

इन्टरका लागि ४५ औँ मिनेटमा डानिलो डी’एम्ब्रोसिओले गोल गरे । रोबेर्तो गाग्लियार्दिनीले ५२ औँ, एरिक्सनले ८३ औँ तथा एन्तोनिओ क्यानद्रेवाले ८८ औँ मिनेटमा गोल गरी टिमलाई ६–० ले जिताएका हुन् ।

जितपछि तेस्रो स्थानको इन्टर मिलानको २९ खेलबाट ६४ अंक भएको छ । पुछारको ब्रेसियाको २९ खेलबाट मात्रै १८ अंक भएको छ ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्