देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ।

बिहीबार दिउँसो सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षा हुने मौसमविदलेको भनाई छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्