चट्याङ लागेर बारामा चारजनाको मृत्यु, सातजना घाइते

पर्सा – चट्याङ्ग लागेर बारामा बिहीबार बिहान चारजना महिलाको ज्यान गएको छ । पानीसँगै परेको चट्याङ्ग लागेर सात महिला घाइते भएका छन् ।
चट्याङ्ग लागेर कलैया उपमहानगरपालिका दुई र फेता गाउँपालिकामा दुईजना महिला गरी चारजना महिलाको ज्यान गएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
चट्याङ्ग लागेर कलैया उपमहानगरपालिका–१२ कि ३५ वर्षकी आशा देवी र ४५ वर्षे अलिमा खातुन र फेटा गाउँपालिका १ कि ४० वर्षीय सुनरपति देवी र ३० वर्षीय इन्दु देवीको मृत्यु भएको मिश्रले बताए ।
फेटा गाउँपालिकामा खेतमा रोपाइँ गर्न गएको बेला अचानक पानि सँगै परेको चट्याङ्गले लागेर रोपाइँ गरि रहेका सातजना महिला घाइते भएका हुन् ।
फेटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका छन् ।
उनीहरुको उपचारका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृत्यु भएका चारजना महिलाको शव कलैया अस्पतालमा राखिएको छ।