चटयाङले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख र गाउँपालिकाले ५० हजार दिने

पर्सा-चटयाङले लागेर ज्यान गुमाएका बाराका चारजनाका परिवारलाई प्रदेश सरकारले एक÷एक लाख रुपैँया सहयोग गर्ने भएको छ।

बिहीबार बिहान चटयाङले लागेर ज्यान गुमाएका कलैया उपमहानगरपालिकाका दुई र फेटा गाउँपालिकाका दुई जनाको परिवारलाई प्रदेश २ को सरकारले एक÷एक लाख सहयोग गर्ने भएको हो।

बिहान प्रदेश मन्त्रीपरिषदको आस्मिक बैठकले चटयाङले लागेर ज्याउन गुमाउने मृतकका परिवारलाई एक÷एक लाख सहयोग गर्ने निर्णय गरेको प्रदेशका भौतिक पुर्बाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले जानकारी दिए।

यस्तै फेटा गाउँपालिकाले पनि आफनो गाउँपालिकाको वडा नम्बर १ त्रिबेणी टोलका दुई जना मृतक महिलाको परिवारलाई ५० हजार नगद तत्काल सहयोग गर्ने घोषणा गरेको छ।

मृतक दुवै महिलाहरुको काज किरियाको लागि तत्काल उनीहरुको परिवारलाई ५० हजार सहयोग रकम उपल्बध गराउने निर्ण गरिएको गाउँपलिकाका प्रमुख अमिरि लाल साहले जानकारी दिए।

बारामा बिहीबार बिहान पानीसँगै परेको चटयाङले लागेर खेतमा धान रपाई गरिरहेका चार जना महिलाहरुको घटनास्थलमै ज्यान गएको छ ।चटयाङले लागेर जिल्लामा १० जना ब्यक्ति घाईते भएका छन्।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू