राष्ट्रपति भण्डारीलाई भेटेर फेरि बालुवाटार नै फर्किए अध्यक्ष दाहाल

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब १ घन्टा शीतलनिवासमा वार्ता गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल फेरि बालुवाटार फर्केका छन्।

बिहीबार दिउँसो अध्यक्ष दाहालले करिब १ घन्टा शीतल निवासमै पुगेर राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका कारण नेकपा स्थायी समिति बैठक भाँडिएपछि नेकपाभित्रको कलह झन् उत्कर्षमा पुगेको स्पष्ट भएको छ।

प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरुसँग छलफलका लागि आउन चाहेका छैनन् भने केपी ओली पक्षधर केही नेताहरुसँग दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरु ले भेट गरेका थिए।

बालुवाटारबाटै अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान राष्ट्रपति भण्डारीसँग करिब ४० मिनेट भेट गरेका थिए भने त्यसलगत्तै मन्त्रिपरिषद्‌बाट संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार नै संसदको अधिवेशन अन्त्य गरिसकेको छन्।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्