थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लाे २४ घण्टामा १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्